Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


नेप्से साढे ६ अंक बराबरले उकालो


0
Shares

बजार परिसूचक नेप्से साढे ६ अंक बराबरले उकालो लागेर १६ सय १७ पुग्यो । होटल समूह सामान्य अंकले रातो रहेबाहेक अरु कारोबार भएका सबै समूह हरियो रहे ।

बिमा समूह सबैभन्दा उच्च ४८ अंकले उकालो लाग्यो । उत्पादनमूलक, जलविद्युत् र विकास बैंक समूह पनि दोहोरो अंकले सुधारिए । अरु सामान्य अंकले हरियो रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६१ कम्पनीको ३९ लाख बराबर कित्ता सेयर ६५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।