काठमाडौं, माघ ६ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभियालाई २–० ले हराएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन कासेमिरो र लुका मोड्रीचले एक–एक गोल गरे ।
जितसँगै रियाल मड्रिड तेस्रो स्थानमा उक्लिएको छ भने सेभिया चौथो स्थानमा झरेको छ ।
ला लिगाअन्तर्गत गएराति भएका अन्य खेलहरुमा एथ्लेटिको मड्रिडले हुएस्कालाई ३–० ले हराउँदा भ्यालेन्सियाले सेल्टा भिगोमाथि २–१ को जित निकाल्यो ।
गएरातिका खेलपछि ला लिग फुटबलको अंक तालिकामा बार्सिलोनाको अग्रता कायमै छ । १९ खेलबाट उसको ४३ अंक छ । एक खेल बढी खेलेको एथ्लेटिको मड्रिडको ४१ अंक छ भने रियाल मड्रिडको ३६ अंक छ । बार्सिलोनाले आज राति लेगानेजसँग खेल्नेछ ।








प्रतिक्रिया दिनुहोस्