Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


एक अर्ब ४८ लाख कित्ता सेयरहरु खरिद–बिक्री


0
Shares

यो साता १ सय ७५ कम्पनीहरुको कारोबार भएको थियो । गत साता १ सय ७८ कम्पनीहरुको तीन अर्ब पाँच करोड ६७ लाख रुपैयाँ बराबरका ८४ लाख ४६ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए ।

कारोबार रकम गत साताको तुलनामा साढे ८ प्रतिशतले बढी हो । साताको नेप्से परिसूचक भने स्थीर रह्यो ।

यो साता कारोबार रकमको आधारमा प्राइम लाइफ इन्स्योरेन्स, कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ र कारोबार संख्याको आधारमा हिमालयन पावर पार्टनर लिमिटेड अग्रस्थानमा रह्यो ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन्स बैंक इन्टरनेसनल र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ ले क्रमशः पच्छ्याउन पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।