Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


पुरातत्व विभागद्वारा सम्पदा पुनःनिर्माणका लागि ५४ जनालाई तालिम


0
Shares

भूकम्पका कारण क्षति पुगेका सम्पदालाई पुरानै स्वरुपमा बनाउन दक्ष कालिगढको अभाव भएको भन्दै विभागले तालिम दिएको हो ।

गारो निर्माण, काष्ठकला र ढुंगामा बुट्टा खोप्ने कलासम्बन्धी तालिम दिइएको पुरातत्व विभागकी पुरातत्व अधिकृत मन्जुसिंह भण्डारीले जानकारी दिइन् ।

दक्ष जनशक्तिको अभावमा पुनःनिर्माणले गति लिन नसकेकाले पुनःनिर्माण प्राधिकरणसँग २० लाख रुपैयाँ बजेट लिएर तालिम दिइएको भण्डारीको भनाइ छ ।

तालिम लिएका ५४ जनालाई पुनःनिर्माणमा खटाइनेछ ।

पुरानै स्वरुपको गारो निर्माण गर्ने, काष्ठकला र ढुंगामा बुट्टा बनाउन १५ दिने तालिम दिइएको हो ।