बजार परिसूचक नेप्से साढे ४ अंकले सकारात्मक रहेर १६ सय २२ पुग्यो । कारोबार भएकामध्ये बढीजसो समूह सकारात्मक रहे ।
उत्पादनमूलक, विकास बैंक, जलविद्युत्, वाणिज्य बैंक र होटल समूह उकालो लागे । उत्पादनमूलक समूह ३२ अंकले उकालो लाग्यो । विकास बैंक र जलविद्युत् समूह पनि दोहोरो अंकले उक्लिँदा अरु समूह भने सामान्य अंकलेमात्र हरियो रहे । बिमा, अन्य र वित्त समूह भने ओरालो लागे । बिमा समूह ३४ अंकले ओरालो लाग्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६५ कम्पनीको २७ लाख २६ हजार कित्ता सेयर ८२ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्