Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति


0
Shares

गुठीले यसअघि शिक्षण अस्पताल महाराजगन्ज बालरोग विभागअन्तर्गत् एक करोडको इन्द्र जवाहर स्वास्थ्य उपचार कोष स्थापना गरिसकेको छ ।

दोस्रो इन्द्रभक्त जयन्तीको अवसरमा आइतबार एनई ग्रुपले आयोजना गरेको कार्यक्रममा ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले यस्तो जानकारी गराएका हुन् ।

उनले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन तहमा अध्ययनरत् उत्कृष्ट दुईजना विद्यार्थीलाई छात्रवृत्तिको घोषणा पनि गरे ।

गुठीले त्रिबि एमबीए प्रथम सेमेस्टरमा अध्ययनरत् कञ्चन कार्कीलाई छात्रवृत्ति दिने घोषणा गरेको हो ।

यस्तै, गत वर्षको एमबीएतर्फ सर्वोत्कृष्ट अंक ल्याउने अलकाश्री श्रेष्ठलाई इन्द्रभक्त श्रेष्ठ स्वर्णपदक प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी गराए ।