कृषकले लगाएको अन्नवालीमा नोक्सानी पुग्दा करोडौं मूल्य बराबरको क्षति भयो । कृषि वालीमा बीमा गर्ने व्यवस्था भएपनि कृषकले खासै चासो नदिँदा मोरङका किसानले करोडौं मूल्य बराबरको क्षति व्यहोर्नु पर्ने अवस्था आएको हो ।
जिल्ला कृषि विकास कार्यालय मोरङले साउनको अन्तिम साता आएको वाढी र डुवानले मोरङमा कृषितर्फ मात्र ५५ करोड भन्दा वढीको नोक्सानी भएको जनाएको छ ।
तर यतिका ठुलो क्षति व्यहोरेका कृषकहरुले करिव १ करोड मुल्य वरावारको मात्र आफ्नो अन्नवालीको विमा गराएको कार्यालयले जनाएको छ ।
वाढी र डुवानले ७ हजार ९ सय ५० किसानले ३ हजार ४ सय ५८ हेक्टरमा लगाएको धान, माछा, केरा, तरकारी खेतीमा क्षति हँुदा ५५ करोड ३८ लाख ६७ हजारको मुल्य वरावरको नोक्सानी भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत मनोजकुमार यादव बताउँछन् ।
कार्यालयका अनुसार वाढी र डुवानले मोरङमा सवैभन्दा वढी २५ सय २० हेक्टरमा लगाएको धानवालीमा नोक्सानी पुर्याउँदा २४ करोड २० लाख ७९ हजार मुल्य वरावारको नोक्सानी भएको छ ।
कृषि कार्यालयका अनुसार ७८ हजार हेक्टरमा बर्खे धान खेती लगाइएको थियो । जसमा २५ सय हेक्टरमा वाढी र डुवान पसी पुनः धानखेती लाउन नसकिने अवस्थामा पुर्यादिएको छ ।
वाढी र डुवानको विपतिले ३१ सय ७ हेक्टरमा लगाएको तरकारी खेतीमा क्षति पुर्याउँदा ९ करोड ३१ लाख ९५ हजार मुल्य वरावरको नोक्सानी भएको छ ।
शिसवानी जहदामा कृषक ओमनाथसिंह कुसवाहको डेढ विघा क्षेत्रफलमा लगाएको तरकारी खेतीमा यतिखेर स्थानीय लोहन्दा खोला वगिरहेको अवस्था छ ।
कृषक कुसवाहले ऋण लिएर गरेको तरकारी खेती सवै वगाएपछि उनी आफैं अहिले विचल्लीमा परेका छन ।
कटहरी र धनपालथान गाउँपालिका हरियो तरकारीका लागी पकेट क्षेत्र मानिन्छ ।
यता जिल्लाको कुल ६ सय ९० हेक्टरमा व्यावसायीक माछा पालन गरिएको वाढीले पोखरीमा क्षति पुर्याउँदा १६ करोड ७० लाख ४४ हजारको क्षति भएको छ ।
वाढी र डुवानले पाँच विघा क्षेत्रफलमा रहेको पोखरीसँगै माछासमेत वगाएपछि आधुनिक कृषि एवं माछा फर्मका सञ्चालक गणेश उप्रती अव माछा पालन पेशामा नफर्कने सोचमा पुगेका छन ।
८० करोड मुल्य वरावरको क्षति भएपनि विमा नगराउँदा अव कसरी आफु उस्किने भन्ने चिन्ताले पिरोल्न थालेको उप्रती बताउँछन् ।
गएको वर्षदेखि प्रधानमन्त्री आधुनिकिकरण कृषि परियोजना माछा जोन कार्याक्रमअन्तर्गत मात्र ४ सय ५० हेक्टरमा व्यावसायीक माछा पालन गरिएको थियो ।
यता जिल्ला कृषि विकास कार्यालयले भने व्यवसायीक कृषि पेशा अगाल्दै आएको थोरै मात्र कृषकहरुले वालीको विमा गराएकाले कृषकहरुले यो वर्ष ठुलो क्षति व्यहोर्नु परेको जनाएको छ ।
कार्यालयका अनुसार ५५ करोड मुल्य भन्दा वढी अन्नवालीमा नोक्सानी भएपनि माछा पालन र तरकारी खेती गरी कुल १ करोड मुल्य वरावरको मात्र विमा रहेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्