Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


सुनको भाउ एकैदिन एक हजारले बढ्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि आएर तोलाको ५६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य तोलाको ५५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको भाउमा पनि तोलामा १५ रुपैयाँले बढेर तोलाको ७७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

मंगलबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १३ सय २६ डलर हाराहारीमा कारोबार भएको थियो ।