Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


रसुवामा चिज उत्पादनमा उल्लेख्य वृद्धि


0
Shares

भूकम्पका कारण गतवर्ष चिज उत्पादन घटे पनि यो वर्षको पहिलो चार महिनामा भने उत्पादन निकै वृद्धि भएको छ । चौरीका लागि आवश्यक चरन तथा घाँसे बालीमा सुधार आएपछि चिज उत्पादन वृद्धि भएको बताइएको छ ।

विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) रसुवाले संरक्षण क्षेत्रमा गरेको सुधारका कामले चौरीको चरन क्षेत्र वृद्धि भएको र त्यसले चौरीको दूध उत्पादनमा सुधार ल्याइएको स्थानीयको भनाइ छ ।

गत वर्षको पहिलो चार महिनामा करिव १८ हजार किलोमात्र चिज उत्पादन भएकोमा यस वर्षको सोही अवधिमा करिब २२ हजार किलो चिज उत्पादन भएको चन्दनबारी चिज उत्पादन केन्द्रका प्रमुख चन्द्रबहादुर तामाङले जानकारी दिए ।

रसुवामा चारवटा चिज उत्पादन केन्द्र छन् । सबै केन्द्रमा चिज उत्पादन बढेको बताइएको छ ।