अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुन तोलाको २ सय घटेर ५६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलाको ५६ हजार ५ सयमा कारोबार भएको थियो । चाँदीको भाउ भने ७ सय ७० रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ ।
बुधबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस १३ सय १५ डलर हाराहारीमा कारोबार भईरहेको थियो ।









प्रतिक्रिया दिनुहोस्