पोखरा, माघ ४ । पोखरामा जारी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच भिडन्त हुने भएको छ ।
शुक्रबार पोखरा रंगशालस्थित भलिबल ट्रेनिङ सेन्टरमा भएका सेमिफाइनल खेलमा सशस्त्रले घरेलु टिम गन्डकी प्रदेशलाई र पुलिसले प्रदेश नम्बर–३ लाई पराजित गरेपछि दुवै टिमको फाइनल यात्रा तय भएको हो ।
सशस्त्रले गन्डकी प्रदेशलाई २५–८, २५–१८ र २५–११ को सोझो सेटमा हरायो ।
अर्को खेलमा पुलिसले प्रदेश–३ लाई १८–२५, २५–२०, २३–२५, २७–२५ र १५–७ ले पराजित गर्यो ।
फाइनल खेल शनिबार हुनेछ ।
तेस्रो स्थानका लागि शनिबारै गन्डकी प्रदेश र प्रदेश–३ खेल्नेछन् ।
लिगकम नकआउटको आधारमा जारी प्रतियोगिताको विजेता टिमले नगद तीन लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछ ।
उपविजेतालाई एक लाख ७५ हजार र तेस्रो हुने टिमलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्