Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


सुनको भाउमा ३०० ले गिरावट


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलाको ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले झरेर तोलाको ७६५ मा कारोबार भएको महासंघले जनाएको छ ।

बिहीबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा छापावाल सुन प्रतिऔंस १३ सय १० डलर हाराहारीमा कारोबार भएको थियो ।