बोर्डले रजतजयन्तीको अवसरमा यसरी पहिलोपटक धितोपत्रसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
डिम्याट नभएका सेयरपनि बिक्री गर्ने व्यवस्था बोर्डले गर्ने भएको छ । नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको हो ।
बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले नियमन निकायको पारदर्शी तथा उत्तरदायी गतिविधिबाट धितोपत्र बजारमा सकारात्मक प्रभावपर्ने बताउँदै यस धितोपत्रसम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनबाट धितोपत्र बजारमा पूर्वाधारको विकास हुने, बजारको पारदर्शीता बढ्ने, वास्तविक क्षेत्रको बजार प्रवेशमा वृद्धि आउने विश्वास व्यक्त गरेका छन् ।
यसबाट लगानीकर्ताहरुलाई उपलब्ध लगानी उपकरणहरुको विकल्पहरुमा वृद्धि आउने, लगानीकर्ताको बजारमा विश्वास अभिवृद्धि हुने तथा धितोपत्रको दोस्रो बजार देशभर विस्तार भइ समग्रमा प्राथमिक तथा दोस्रो बजारमा बढोत्तरी आउने र नेपालको धितोपत्र बजार दीर्घकालीन पुँजी परिचालनको महत्वपूर्ण संयन्त्रकोरुपमा विकसित हुने बोर्डको विश्वास छ ।









प्रतिक्रिया दिनुहोस्