Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम थाल्न सरोकारवालाको माग


0
Shares

दोस्रो अन्तराष्ट्रिय विमानस्थल आयोजनाले वातावरणीय मूल्यांकन सम्बन्धी बाराको सिमरामा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सरोकारवालाहरुले उक्त माग राखेका हुन् ।

कार्यक्रममा टागीयाबस्ती सरोकार समिति, भूमिहीन मञ्चसहित बारा, पर्सा र रौतहटका आधा दर्जन सांसद, तीनै जिल्लाका राजनीतिक दलका अगुवा र सरोकारवालाहरुले विमानस्थल निर्माण कथा बन्दै गएको बताउँदै निर्माण कार्य चाँडै थाल्न जोड दिएका थिए ।

नागरिक उड्डयन मन्त्री जितेन्द्र देवको अध्यक्षतामा भएको कार्यक्रममा वातावरण मन्त्रालय, वन विभाग, नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, आयोजनाका प्रतिनिधि सहभागी थिए ।

मन्त्री देव संयोजक रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल उच्चस्तरीय समन्वय सहजीकरण समितिका सदस्य सांसदहरुले विमानस्थल निर्माणको समस्याका रुपमा करिब १६ सय घरधुरी रहेकोले यसको उचित समाधान चाँडो गर्नुपर्नेमा राज्यको ध्यान केन्द्रित गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए ।

मन्त्री देवले बस्तीकै बासिन्दाले विकास चाहँदै निकास खोजेकोमा खुशी ब्यक्त गरेका थिए । उनले मन्त्रालयबीचको समन्वयको अभावले निर्माण गति सुस्त देखिएको प्रष्ट पार्दै राज्य संचालन प्रक्रियामा एकले अर्कामाथि दोष थुपार्ने परम्परा बनिरहँदा राष्ट्रिय गौरवका योजनाहरुको काम थला परेको जनाए ।

यसै साताबाट नेपाली सेनाले आयोजनास्थलमा आई काम थाल्ने जानकारी गराउदै मन्त्री देवले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण मुलुककै आवश्यकता बनिसकेको हुँदा अलमल आफुले दबाब दिने बताए ।

२०५२ सालमा प्रारम्भिक प्रतिवेदनबाट सुरु भएको विमानस्थलको चर्चा अझै चर्चा मै सीमित छ । आयोजना स्थल रहेको जिल्लामा पहिलो पटक सार्वजनिक सुनुवाई भएको छ ।

८ हजार ४५ हेक्टरमा निर्माण हुने विमानस्थल निर्माणका लागि ५४ करोड ५० लाख अमेरिकी डलर अनुमानित लागत रहेको छ ।

Skip This