निम्न वर्गलाई लक्षित गरेर विभिन्न उपभोग्य वस्तुमा छुट अफरसहित सरकारले सुपथ मूल्य पसल खोल्न लागेको हो । नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, दुग्ध विकास संस्थानले विभिन्न वस्तुमा छुट सार्वजनिक गरेका छन् ।
उपत्यकासहित मुलुकका झण्डै तीनदर्जन स्थानमा यस्ता सुपथ मूल्य पसल सञ्चालन गरिने आपूर्ति मन्त्रालयले जनाएको छ । खासगरी चामल, फापर, चिनी, पनिर, घ्यू, गेडागुडीदेखि खसीबोकासम्ममा सहुलियत दिइने छ ।
सुपथ मूल्य पसलमा चिनीमा प्रतिकिलो ५, नूनमा प्रतिकिलो २, मोटो चामलमा प्रतिकिलो ५, मसिनो बास्मती चामलमा प्रतिकिलो १०, घ्यू र पनिरमा प्रतिकिलो १०–१० रुपैयाँ सहुलियत दिइने जनाइएको छ ।
त्यस्तै, खसी, बोका, च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ र फापरको पीठोमा पनि प्रतिकिलो १० रुपैयाँ सहुलियत दिने ती संस्थानहरुले जनाएका छन् ।









प्रतिक्रिया दिनुहोस्