Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


सुनको भाउमा ५०० ले वृद्धि


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर तोलाको ५६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ७७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

शुक्रबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १३ सय २४ डलर हाराहारीमा कारोबार भएको थियो ।