Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


लमजुङमा अलैंची टिप्न सुरु, उत्पादन बढ्ने आशा


0
Shares

मस्र्याङ्दी गाउँपालिका ताराचोक शेराका किसानले अलैंची टिप्न सुरु गरेका छन् । डम्बरसाई र जिर्मले जातको अलैंची पाकेकाले टिप्न सुरु गरिएको छ ।

जिल्लामा लगाइएको डम्बरसाई र जिर्मले जातको अलैची टिप्न सुरु गरिएको नेपाल अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले जानकारी दिए ।

जिल्लामा लगाइएका अलैंची तीन चरणमा टिप्ने गरिन्छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख कृष्णभद्र अधिकारीका अनुसार लमजुङका करिब ९ सय ८६ हेक्टरमा अलैंची खेती गरिएको छ ।

यो मध्ये ६ सय ५० हेक्टरमा लगाइएको अलैंचीले उत्पादन दिएको छ । कृषि कार्यालयकाअनुसार गत वर्ष अलैंची बिक्रीबाट जिल्लामा १३ करोड रुपैयाँ भित्रिएको र यसपटक उत्पादन अझ बढ्ने अनुमान छ ।

नेपालमा उत्पादित अलैंची यूएई, पाकिस्तान र बंगलादेश पठाउन ट्रेडमार्कमा दर्ता गरिएकाले बजार पाउने सम्भावना रहेको किसानहरु बताउँछन ।

केही वर्षअघि प्रतिकिलो २ हजार ५ सय रुपियाँसम्म पुगेको अलैंचीको मुल्य हाल ९ सय रुपियाँमा झरेको छ । मूल्य भने घट्दा किसान निराश छन् ।