Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


फाइनलमा पुग्ने लक्ष्यसहित इन्डोनेसियासँग नेपाल भिड्दै


0
Shares

काठमाडौं, माघ ४ । थाइल्याण्डमा जारी महिला ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा आज नेपालले इन्डोनेसियासँग खेल्दैछ । बैंककको ट्रेडथाई क्रिकेट मैदानमा हुने खेल जित्दै फाइनलमा पुग्ने नेपालको लक्ष्य छ । 

नेपाल समूह चरणमा लगातार चार खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । यता इन्डोनेसिया भने समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । 

नेपालले पहिलो खेलमा चीन, दोस्रो खेलमा मलेसिया, तेस्रो खेलमा युएई र चौथो खेलमा थाइल्याण्डको ‘ए’ टोलीलाई पराजित गरेको थियो ।

राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासको प्रशिक्षणमा करीब दुई वर्षपछि अन्तर्राष्ट्रिय महिला प्रतियोगिता खेलेको नेपाली टोली निकै सशक्त देखिएको छ । दोस्रो सेमिफाइनलमा आजै समूह ‘ए’ को उपविजेता युएई र समूह ‘बी’ को विजेता थाइल्याण्ड खेल्नेछन् ।