Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


केही वर्षभित्र विश्व नै चकित हुनेगरी मुलुकलाई समृद्ध बनाइन्छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, माघ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास गरेका छन् ।

बिहीबार चोभारमा आयोजित कार्यक्रममा बन्दरगाहको शिलान्यास गर्दै उनले बन्दरगाहले नेपालको अन्तर्राष्ट्रिय व्यापार सञ्जाललाई जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले बन्दरगाह निर्माणपछि काठमाडौंका लागि उपभोग्य वस्तुको अभाव नहुने भन्दै दक्षिण र उत्तरबाट आउने रेलले ल्याउने सामानको भन्डारणकक्षकारुपमा उपयोग हुने बताए ।

प्रधानमन्त्री ओलीले केही वर्षभित्र विश्व नै चकित हुनेगरी मुलुकलाई समृद्ध बनाउने जिकिरसमेत गरे ।

बन्दरगाह निर्माणको विरोध 

स्थानीय बासिन्दाले भने बन्दरगाह निर्माणको विरोध गरेका छन् । विरोध प्रदर्शनमा उत्रिएका उनीहरुले प्राकृतिक सौन्दर्य बिग्रिने तथा धार्मिक क्रियाकलापमा प्रभाव पर्ने भन्दै विरोध गरेका हुन् ।

Skip This