Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास


0
Shares

काठमाडौं, माघ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास गरेका छन् ।

यहाँ बिहीबार आयोजित कार्यक्रममा विश्व बैंकको सहयोगमा निर्मित बन्दरगाहको शिलान्यास गर्दै उनले बन्दरगाहले नेपालको अन्तर्राष्ट्रिय व्यापारको सञ्जाललाई जोड्न सहयोग गर्ने बताए ।

प्रधानमन्त्री ओलीले बन्दरगाह निर्माणले स्वदेशी वस्तुसमेत निर्यात गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

विदेशबाट आएका र स्वदेशबाट विदेश पठाइने सामग्री भन्डारण गर्नका लागि बन्दरगाह बनाइएको हो ।

विश्व बैंकको करिब रु दुई अर्ब लगानीमा करिब डेढ वर्षमा उक्त बन्दरगाह बनाइने भएको छ । बन्दरगाह करिब ६ हजार वर्गमिटर क्षेत्रफलमा रहनेछ । रासस

Skip This