Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


युभेन्टसले जित्यो इटालीयन सुपर कपको उपाधि


0
Shares

काठमाडौं । यस वर्षको इटालीयन सुपर कप फुटबलको उपाधि युभेन्टसले जितेको छ ।

साउदी अरबको जेदाहमा गएराती भएको खेलमा एसी मिलानलाई हराउँदै युभेन्टसले किर्तीमानी आठौं पटक सुपर कपको उपाधि जितेको हो ।

युभेन्टसलाई उपाधि दिलाउन पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले निर्णायक गोल गरे ।

इटालीयन लिग सिरी ए मा शिर्ष स्थानमा रहेको युभेन्टसका लागि रोनाल्डोको यो १६ औं गोल हो ।

इटालीयन सुपर कप फुटबलमा अघिल्लो सिजनको सिरी ए च्याम्पियन र ईटालीयन कप च्याम्पियनले प्रतिस्पर्धा गर्ने प्रावधान छ ।