बुद्ध एयरले चितवनमा पत्रकार सम्मेलन गरी उडानको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको छ ।
बुद्ध एयर प्रालि भरतपुरका प्रवन्धक भक्तबहादुर बस्नेतले पहिलो उडानका लागि सबै सिट बुकिङ भइसकेको जानकारी दिए ।
उनले चितवनको पर्यटन व्यवसायीहरुका समस्यालाई बुझेरै उडान सुरु गरिएको बताए ।
बुद्ध एयरले भरतपुर-पोखराको हवाई भाडा दर ३ हजार ६ सय ५० रुपैयाँ तोकेको छ ।
भरतपुर-पोखरा उडान हुने भएपछि सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।









प्रतिक्रिया दिनुहोस्