व्यवस्थापिका–संसदअन्तर्गत्को विकास समितिको बुधबार बसेको बैठकमा यातायातमन्त्री वीरबहादुर बलायरले अञ्चलका संरचनाअनुसार वितरण गरिएको इम्बोस्ड नम्बर प्लेटको वितरण हाललाई रोकिने जानकारी गराए ।
इम्बोस्ड प्लेट प्रदेशअनुसार वितरण गर्ने गरी तत्काल काम थाल्ने तयारी भइसकेको यातायात मन्त्रालयले जनाएको छ । यसका लागि उच्चस्तरको प्राविधिक समिति गठन गर्ने मन्त्रालयले जनाएको छ ।
देश संघीयतामा गएपनि अञ्चलको संरचनाअनुसार इम्बोस्ड नम्बर प्लेट वितरण थालिएपछि चौतर्फी आलोचना भएको थियो ।
सवारी–साधनका लागि नम्बर प्लेट वितरण अञ्चलगत आधारमा गरिँदै आएकोमा अब अञ्चललाई आधार नगरी प्रदेशगत आधारमा व्यवस्था मिलाउन समितिले सरकारलाई निर्देशन दिएको थियो ।









प्रतिक्रिया दिनुहोस्