Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


१४ किलोवाट विद्युत् खपत भएन


0
Shares

बत्ती बाल्न, पानी तान्न र दूध चिस्यान मसिन चलाउने भन्दै स्थापना गरिएको २१ किलोवाट क्षमताको सो परियोजनाबाट उत्पादिन बिजुली बत्ती बाल्नमात्रै प्रयोग भएको छ ।

बत्तीमात्र बाल्दा उक्त परियोजनाको ७ किलोवाट विद्युत् प्रयोग भइरहेको र बाँकी बिजुली खेर गएको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खोटाङका ऊर्जा इन्जिनियर चन्द्रप्रकाश यादवले बताए ।

उनले भने–‘दूध चिस्यान मसिन चलाउने, पानी तान्ने र बत्ती बाल्नका लागि स्थापना गरिएको थियो । बत्ती बाल्ने कामभन्दा केही उपलब्धि भएको छैन । १४ किलोवाट विद्युत् खेर गइरहेको छ ।’

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र एसियाली विकास बैंकको ८० प्रतिशत तथा घाम पावर कम्पनी र स्थानीय समुदायको २० प्रतिशत गरी करिब १ करोड १५ लाख रुपैयाँको लागतमा उक्त सौर्य मिनिग्रीड परियोजना स्थापना गरिएको हो ।

सौर्य मिनिग्रीड परियोजनाबाट हलेसी–तुवाचुङ नगरपालिका–१ का ५७ घरधुरीले बत्ती बालिरहेका छन् । चारओटा बत्ती बालेबापत एक घरधुरीबाट महिनाको २५० रुपैयाँ लिने गरिएको छ ।