Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


नेपाल चेम्बर र भारतको ट्रेड प्रोमोसन काउन्सिलबीच समझदारी


0
Shares

काठमाडौं, माघ २ । नेपाल चेम्बर अफ कमर्स र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाबीच दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नयाँदिल्लीमा भएको समझदारीपत्रमा चेम्बरका तर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठ र ट्रेड प्रोमोसन काउन्सिलका तर्फबाट उपमहानिर्देशक कपिल गुप्ताले हस्ताक्षर गरेका थिए ।

समझदारीपत्रमा नेपाल र भारतबीचको व्यापारलाई दुई देशको हीतमा हुने गरी प्रवद्र्धन गर्ने, व्यापारिक सम्बन्धलाई बढाउने, व्यापार, वाणिज्य तथा लगानीसँग सम्बन्धित सूचनाको आदान–प्रदानका विषय समेटिएको चेम्बरले जनाएको छ ।