काठमाडौं, माघ २ । पछिल्ला दिन सुधारिँदै गएको सेयरबजार बुधबार पुनः ओरालो लाग्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ७ अंकले ओरालो लागेर ११ सय ८७ मा आएर थामियो ।
यसदिन कारोबारमा भने केही सुधार आयो । जलविद्युत्, उत्पादनमूलक र व्यापार समूह हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।
निर्जीवन बिमा समूह सबैभन्दा उच्च ११२ अंकले झर्यो । जीवनबिमा समूह ७३ अंकले ओरालो लाग्यो । लघुवित्त र अन्य समूहमा पनि दोहोरो अंकको कमी आउँदा अरु समूह भने सामान्य अंकले रातो रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीका १७ लाख ४४ हजार कित्ता सेयर ५३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्