अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले उकालो लागेर तोलाको ५७ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य मंगलबार पनि तोलामा ३०० रुपैयाँले उकालो लागेर तोलाको ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको भाउ भने स्थिर रहेर तोलाको ७९० रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।
बुधबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १३ सय ४४ डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्