Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


थ्रीस्टारद्वारा दुई खेलाडीलाई कारबाहीको माग


0
Shares

काठमाडौं, माघ २ । थ्रीस्टार क्लबले दुई विदेशी खेलाडीलाई आचरणविरुद्धको काम गरेको भन्दै कारबाहीका लागि अखिल नेपाल फुटबल संघ (एन्फामा)मा निवेदन दिएको छ ।

लामो समयदेखि थ्रीस्टारमा रहेका विदेशी खेलाडी पिटर सेगुन र अजायी मार्टिनलाई कारबाहीको माग गर्दै एन्फामा निवेदन दिएको क्लबले जनाएको छ ।

हालै सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगको दौरान अनुशासनविपरीत काम गरेको भन्दै थ्रीस्टारले कारबाहीको माग गरेको हो ।

खेल्ने समयमा टिममा नआएका र पुरस्कार वितरणलगायतका कार्यक्रममासमेत उपस्थित नभएको बताउँदै क्लबले कारबाहीको सिफारिस गरिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए ।

नाइजेरियन खेलाडी पिटर लामो समययता थ्रीस्टारको सेन्टर डिफेन्डसको भूमिकामा रहँदै आएका छन् भने मार्टिन मुख्य स्ट्राइकरकारुपमा छन् ।

लिगको समय पिटर र मार्टिनले मोफसलका प्रतियोगितामा अन्य क्लबबाट सहभागिता जनाएको प्रमाण प्राप्त भएपछि थ्रीस्टार दुवै खेलाडीलाई कारबाही गर्ने निर्णयमा पुगेको हो ।

छानबिन गर्न अनुशासन कमिटीलाई निर्देशन दिइएको र केही दिनभित्र निर्णय हुने महासचिव तुलाधरले बताए । रासस