Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


सुनको भाउमा बिहीबार सामान्य कमी


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको भाउमा तोलामा ३०० रुपैयाँले कमी आइ तोलाको ५७ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बुधबार तोलाको ५७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

बिहीबार साँझसम्म सुन प्रतिऔंस १३ सय ४४ डलर हाराहारीमा कारोबार भएको थियो ।