साउन २८ गते आएको बाढीले कृषि क्षेत्रमा ठूलो असर गरेपछि टीकापुरसहित भजनी, कैलारी गाउँपालिका लगायत बाढी प्रभावित क्षेत्रका स्थानीयलाई जीवन गुजारा गर्न नै समस्या भएको छ । मूख्य पेशा कृषि रहेको उक्त क्षेत्रमा बासिन्दा बाढीले धानबाली चौपट पारेपछि खाने, लाउने, बच्चा पढाउन खर्च समेत जोहो गर्न समस्यामा परेको बताउँछन् ।
कृषि पेशा बाहेक गुजाराको अरु आधार नभएका उनीहरु आर्थिक भार कसरी थेग्ने र घर व्यवहार कसरी चलाउने भन्ने चिन्तामा छन् । बाढीले प्रभावित क्षेत्रमा खेतमा लगाएको बालीमा क्षति भएपछि त्यहाँ भोकमरीको त्रास पनि बढेको छ । साउन २८ को बाढीले भजनी, टीकापुरमा मात्रै करीब ३ हजार ६ सय हेक्टर जमिनमा लगाइएको धानबाली नष्ट भएको भन्दै स्थानीय तहले तथ्यांक संकलन गरेका छन् ।
त्यसमध्ये १ हजार ८ सय हेक्टर जमिनको धान खेती पूर्ण रुपमा नष्ट भएको छ ।









प्रतिक्रिया दिनुहोस्