Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


सेयर साप्ताहिकः नेप्से र कारोबार दुवैमा गिरावट


0
Shares

यो साता नेप्सेमा तीन दिनमात्र कारोबार भयो । नेपाल स्टक एक्सचेन्जमा १७१ कम्पनीहरुका दुई अर्ब ४१ करोड रुपैयाँ बराबरका ४४ लाख ९९ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका छन् ।

कारोबार रकम गत साताकोभन्दा ३२.२४ प्रतिशत कम हो । गत साता १८० कम्पनीहरुको तीन अर्ब ५६ करोड रुपैयाँ बराबरका ७५ लाख ८४ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.०१ अंकले घटेर अन्तिम दिन १५५४.५५ अंकमा पुगेको छ । तर, आइतबार २५ अंकले घटेको थियो ।

गत बिहीबारको तुलनामा नेप्से २५ अंकले ऋणात्मक रहेको हो । समूहगत उतार–चढावअन्तर्गत् यो हप्ता उत्पादनमूलक समूहमा सबैभन्दा उच्च ७२ अंकको कमी आयो भने विकास बैंक समूह १५ अंकले उकालो लाग्यो ।

यो साता कारोबार रकम (१२ करोड ३१ लाख)को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा रहेको छ ।

कारोबार रकमकै आधारमा इन्भेस्टमेन्ट बैंकलाई नबिल बैंक, निर्धन उत्थान बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापकले क्रमशः पच्छ्याउन पुगे ।

यो साता नेप्सेमा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको ३ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यसैगरी, सहयोगी विकास बैंकको ११ लाख कित्ता बराबर र पूर्णिमा विकास बैंकको ८ लाख कित्ता बढी हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।