सरकार र यातायात व्यवसायीबीच शनिबार भएको वार्तामा भएको सहमतिअनुसार व्यवसायीहरु अग्रिम टिकट बुकिङ खुला गर्न राजी भएका हुन् ।
यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले व्यवसायीहरुसँग अग्रिम टिकट बुकिङ खुला गर्ने, संयुक्त अनुगमन गर्ने, छतमा यात्रीका सामानमात्र राख्ने, भाडादर समायोजनका लागि अध्ययन अगाडि बढाउनेलगायतका सहमति भएको जानकारी दिए ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौलाले सरकार र व्यवसायीबीच सहमति भएको र आफूहरु बुकिङ खुला गर्न तयार रहेको जानकारी गराएका छन् ।









प्रतिक्रिया दिनुहोस्