काठमाडौं । थाइल्याण्डमा जारी महिला टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डको ‘ए’ टोलीलाई पराजित गरेको छ ।
नेपालले आयोजक थाइल्याण्ड ‘ए’ लाई ९ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले अल आउट हुनुपूर्व १५ ओभर ४ बलमा १९ रन मात्र बनाउन सक्यो ।
थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका आरती विडारीले ३, सरिता मगर र इन्दु बर्माले समान २-२ विकेट लिए ।
नेपालले २० ओभरको समान्य लक्ष्य ३ दशमलव ३ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो ।
नेपाली ओपनर ममता चौधरी ८ रन बनाइन् । नेरी थापा ५ र डोली भट्टले २ रन बनाए ।
नेपालको यो लगातार चौथो जित हो । अजको जितसँगै नेपाल समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ ।








प्रतिक्रिया दिनुहोस्