Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


अख्तियारको क्षेत्राधिकारबाट ‘अनुचित कार्य’ हटाएकोबारे सुशासन समितिमा छलफल


0
Shares

समितिले यस विषयमा सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसँग छलफल गरेको छ । समितिले अख्यिारको क्षेत्राधिकारबाट ‘अनुचित कार्य’ शब्द झिक्दा भ्रष्टाचार निवारण कार्य प्रभावित हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

आइतबार समितिको बैठकमा मुख्यसचिव क्षेत्रीले संशोधित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ पुनः संशोधन गरी ‘अनुचित कार्य’ थप्नुपर्ने पक्षमा आफु रहेको बताए । समितिले दिने निर्देशनअनुसार कार्य गर्न तयार रहेको पनि उनले उल्लेख गरे ।

आइतबारको बैठकमा समितिले सुन तस्करी, प्रहरी मूल्यांकन पद्धति, बजार अनुगमन, आयल निगमको जग्गा खरिद प्रकरणका विषयमा पनि छलफल गरेको थियो ।

छलफलमा गृहसचिव लोकदर्शन रेग्मीले न्युन बिजकिकरणका कारण सुन तस्करी बढेको बताए । उनले भन्सारलाई अत्याधुनिक बनाई सीमा सुरक्षालाई कडाई गर्ने जनाए ।

यस्तै आपूर्ति सचिव कृष्णप्रसाद देवकोटाले आयल निगमको जग्गा खरिद प्रकरणबारे छानविन गर्न समिति गठन गरेको र प्रतिवेदन आएपछि हुबहु कार्यान्वयन गर्ने बताए । उनले समितिले दिएको निर्देशनअनुसार अनुसन्धान र छानविन अगाडि बढाउने बताउनुभयो ।