Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


मिनि म्याराथनको उपाधि सुजनले जिते


0
Shares

तनहुँ, माघ १ । तनहुँको बन्दीपुरमा आयोजना गरिएको मिनि म्याराथनको उपाधि बन्दीपुरका सुजन पुनले जितेका छन् ।

माघेसंक्रान्तिको अवसर पारेर मंगलबार डुम्रेदेखि बन्दीपुरसम्म ८ किलोमिटर दूरीमा आयोजना गरिएको मिनि म्याराथनमा ५२ प्रतिस्पर्धीलाई पछि पार्दै पुनले उपाधि जितेका हुन् ।

प्रतियोगितामा रामेछापका होमलाल श्रेष्ठ दोस्रो र धादिङका हरि कुमारले तेस्रो स्थान हासिल गरे ।

उनीहरुले क्रमशः नगद ४०, २० र १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

पर्यटन प्रवद्र्धनका लागि म्याराथन प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।