Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


आयल निगम जग्गा प्रकरणबारे छानबिन गर्न माग


0
Shares

ती विषयमा राम्रो छानबिन गरी भ्रष्टाचारमा संलग्न सबैलाई कारबाही गर्न माग गरिएको छ ।

संसदीय समितिले छानबिन गरी निगमले तेल भण्डारणका लागि विभिन्न स्थानमा किनेका जग्गा चलनचल्तीभन्दा चार गुणा बढी मूल्यमा कारोबार गरिएको समाचार आएपछि उक्त संगठनले त्यसको छानबिन गर्न आयोगलाई आग्रह गरेको हो ।

त्यसैगरी ‘बूढीगण्डकी आयोजना विश्वव्यापी बोलपत्र आह्वान गरी अगाडि बढाउनुपर्नेमा दाहाल सरकार कामचलाउ हैसियतमा रहेका बेला चिनियाँ कम्पनीलाई एकपक्षीय रुपमा दिएर अनियमितता गरिएकाले’ त्यसको उचित छानबिन गर्नुपर्ने उक्त पत्रमा माग गरिएको छ ।

संगठनका अध्यक्ष प्रकाश रिमालले मुलुकमा विकास तथा समृद्धिका लागि भ्रष्टाचार बाधक रहेको बताउँदै यसको अन्त्य गरी विधिको शासन कायम गर्नुपर्नेमा जोड दिए । रासस