३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


देवघाटधाममा मकर संक्रान्ति मेलाको रमझम


0
Shares

चितवन । चितवन, तनहुँ र नवलपरासीको संगमस्थल देवघाटधाममा मकर संक्रान्ति मेला भर्नेको घुइँचो लागेको छ ।

मेला भर्न सोमबारदेखी नै देशका विभिन्न भागसहित भारतबाटसमेत हजारौं तीर्थालु देवघाट पुगेका छन् ।

त्रिशुली र कालीगण्डकी नदीको संगममा माघे संक्रान्तिमा स्नान गर्दा अक्षयफल प्राप्त हुने विश्वासका साथ दर्शनार्थीहरु देवघाट आउने गरेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।

देवघाटधाममा जानका लागि पुलमा दोहोरो लाइन राखेर आवातजावात गर्ने र त्रिशुली नदीबाट आवातजावात गर्न डुंगाको व्यवस्था गरिएको छ ।

यस्तै, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क डुंगाबाट आवातजावात गराइएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।