३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


ईमेज च्यानल प्रसारणको २२ वर्ष पूरा


13
Shares

काठमाडौं । ईमेज च्यानलले आजबाट प्रसारणको २२ वर्ष पूरा गरेको छ ।

ईमेज च्यानल पहिलो पटक २०५३ साल माघ १ गते नेपाल टेलिभिजनको पर्दाबाट दर्शक माझ पुगेको थियो ।

प्रशारणको ५ वर्षपछि २०५९ साल माघ १७ गतेदेखि ईमेज च्यानलले काठमाडौं उपत्यकाका दर्शकलाई लक्षित गरी टेरेष्टेरियल माध्यमबाट इमेज मेट्रो च्यानल प्रशारण सुरु गर्‍यो ।

त्यसको ४ वर्षपछि लोकतन्त्रको विहानीसँगै २०६३ माघ ११ गतेदेखि ईमेज च्यानलले स्याटेलाइटमार्फत आफ्नो प्रशारणलाई विश्वभर जोड्यो ।

विश्वसनीय समाचार, सन्तुलित विचार र स्वस्थ मनोरञ्जनको मूल नारासहित अहिले ईमेज च्यानलले साताको सातै दिन चौबीसै घण्टा देशभर मात्र नभई विश्वभर आफ्नो प्रशारणलाई निरन्तरता दिइरहेको छ ।

ईमेज च्यानलले आफूलाई अझै परिस्कृत गरेर लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।