Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


कमलादीमा कृषि प्रदर्शनी


0
Shares

कृषि विकास मन्त्रालयले काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको प्रदर्शनीमा देशका विभिन्न भागबाट सहभागी कृषकले आ–आफ्नो कृषि उत्पादनका स्टल राखेका छन् ।

उनीहरुले घरेलुरुपमा उत्पादन गरेका हस्तकलाका सामग्री, बीउबिजन र अग्र्यानिक कृषि उत्पादनलाई प्रदर्शनीमा राखेका हुन् ।

प्रदर्शनीकैक्रममा व्यवसायसम्बन्धी परामर्श, सेवा, बजारीकरण तथा बजार पहुँच, लगानी तथा प्रविधि र वित्तीय क्षेत्रमा पहुँचलगायतका विषयमा कृषकलाई निःशुल्क परामर्श दिइएको छ ।

प्रदर्शनीमा जुम्ला, हुम्ला, रसुवा, इलाम, धादिङ, नुवाकोट, सिन्धुपाल्चोकलगायत जिल्लाका कृषि उपजसहितका २०० ओटा स्टल राखिएको छ ।