Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


ग्याब्रियल जिससको गोलले म्यान्चेष्टर सिटी विजयी


0
Shares

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले वुल्भरह्याम्पटन वान्डरर्सलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा म्यान्चेष्टर सिटीले १० खेलाडीमा सिमित वुल्भरह्याम्पटनलाई ३–० ले पाखा लगायो ।

सिटीमा लागि ब्राजिलियन खेलाडी ग्याब्रियल जिससले दुई गोल गरे ।

खेलको ७८ औ मिनेटमा वुल्भरह्याम्पटनका कोनोर कोडीले आत्मघाती गोल गरेपछि सिटीले ३–० को जित पक्का गर्‍यो ।

जितसँगै सिटीले शीर्ष स्थानको लिभरपुलसँगको अंक दुरी घटाएर ४ अंकमा सिमित गरेको छ ।

२२ खेलबाट ५७ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहँदा ५३ अंकसहित म्यान सिटी दोस्रो स्थानमा छ ।

तेस्रो स्थानको टोटनह्यामको ४८ अंक छ भने ४७ अंकको साथ चेल्सी चौथो स्थानमा छ ।