Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


यस्तो छ ओलीसहित एमाले शीर्ष नेताको चुनावी कार्यक्रम


0
Shares

एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाकाअनुसार प्रदेश नम्बर–२ का ८ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा केन्द्रित भइ नेताहरु खटिएका हुन् ।

अध्यक्ष ओलीले शुक्रबार जितपुर–सिमरा उपमहानगरपालिका तथा बर्दिबास नगरपालिकालगायतका चुनावीसभा र कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

वरिष्ठ नेता झलनाथ खनालले सोही दिन बाराका विभिन्न स्थानीय तहका कार्यक्रममा सहभागी भइ नेतृत्व र सम्बोधन गर्ने कार्यक्रम छ ।

नेता माधवकुमार नेपाल प्रदेश नम्बर–२ का विभिन्न जिल्लामा सक्रिय रहिआएका छन् ।

आफ्नो गृहजिल्ला रौतहटका साथै नेता नेपालले बारा, पर्सा, महोत्तरीका चुनावीभेला, सभालाई सम्बोधन र उम्मेदवारसँग घरदैलो पनि गरिरहेका छन् । उनले शुक्रबार सिरहाको गोलबजार नगरपालिकामा सम्बोधन गर्ने कार्यक्रम छ ।

उपाध्यक्ष बामदेव गौतम र भीमबहादुर रावल पनि विभिन्न जिल्लाका चुनावी कार्यक्रममा रहनेछन् ।

महासचिव ईश्वर पोखरेल मूलतः वीरगन्ज महानगरपालिकामा बढी केन्द्रित हुँदै बारा र पर्साका विभिन्न कार्यक्रममा सक्रिय भएर अहिले महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी छन् । उनी शुक्रबार सिरहा र सप्तरीका कार्यक्रममा केन्द्रित रहनेछन् । रासस