Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


राजपा निर्वाचनमा आउनु ‘ठूलो उपलब्धि’


0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारको १०० दिन पुगेको अवसरमा बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले अरु कामहरु पनि अघि बढिरहेको जिकिर गरे ।

तर, यो अवधिमा पनि पुनःनिर्माणको काम भने हुन नसकेको स्वीकार्दै उनले विस्तारै काम हुने बताए ।

सो अवसरमा शिक्षामन्त्री गोपालमान श्रेष्ठले साझा प्रकाशन र नेपाल आयल निगममा भ्रष्टाचार गर्नेहरुलाई सरकारले छुट नदिने दाबी गरे ।

यस्तै, परराष्ट्रमन्त्री कृष्णबहादुर महराले समग्ररुपमा सरकार सफल रहेको दाबी गरे ।

गत जेठ २६ गते गठन भएको देउवा नेतृत्वको सरकार पटक–पटक विस्तार गरी ५४ सदस्यीय बनाइएको छ ।