Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


आउँदो हिउँदमा पनि लोडसेडिङ हुँदैन : कुलमान


0
Shares

प्राधिकरण सम्हालेको एक वर्षमा भएको प्रगति र आगामी योजनाबारे जानकारी दिन बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले अब लोडसेडिङ नहुने बताए ।

३० मेगावाटको अर्धजलासययुक्त चमेलिया आयोजनाको काम दुई महिनामा सम्पन्न हुने, कुसाहा–कटैया र परावनीपुर–रक्सौल १३२ केभी प्रसारणलाइनबाट थप १०० मेगावाट बिजुली आयात हुनसक्ने गरी पूर्वाधार तयार भएको उनले बताए ।

यस्तै, १४४ मेगावाटको कालिगन्डकी, ७० मेगावाटको मध्यमर्स्याङदी, ६९ मेगावाटको मर्स्याङदी, चमेलिया, चिलिमेलगायत विद्युत् प्राधिकरणका आयोजनालाई साँझमा पनि पूर्णक्षमतामा सन्चालन गरेर माग व्यवस्थापन गर्ने उनले बताए ।

उनले यस वर्ष बिजुली चुहावट ३ विन्दु प्रतिशत घटाएर २० प्रतिशतमा झारिने बताए ।

उनले एक वर्षको अवधिमा प्राधिकरणको वित्तीय, प्रशासनिक एवं संस्थागत सुधार भएको उल्लेख गरे ।

यसैगरी, उत्पादन, प्रसारण, वितरण तथा ग्राहक सेवा, विद्युत् व्यापारमा उल्लेख्य प्रगति भएको पनि प्राधिकरणले जनाएको छ ।