Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


सुनको भाउ सामान्य दरले ओरालो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले ओरालो लागेर तोलाको ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा २०० रुपैयाँले उकालो लागेर तोलाको ५७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रतिऔंन्स १३ सय २८ डलर हाराहारीमा कारोबार भएको थियो ।