बेलायतको इसेक्स बिजनेस स्कुलसँगको सहकार्यमा किंग्स कलेजले आयोजना गरेको सम्मेलनको बिहीबार उद्घाटन गर्दै सिँचाइमन्त्री सञ्जयकुमार गौतमले उद्यमशीलतालाई दिगोरुपमा अघि बढाउनुपर्ने बताए ।
इसेक्स बिजनेश स्कुलका प्राध्यापक जय मित्राले उद्यमशीलता प्रबद्र्धन गर्न मानव संशाधन, प्रविधि र आर्थिक, सामाजिक तथा वातावरणीय स्रोतहरुको दिगो प्रयोगमा जोड दिए ।
सम्मेलनमा नेपालसहित विभिन्न २० ओटा देशका ५०० बढी उद्यमी, विज्ञ, अनुसन्धानकर्ता र व्यवसायी सहभागी रहेको किंग्स कलेजले जनाएको छ ।
उद्यमशीलता संस्कृतिको प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्