
विराटनगर, असार १७ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमलाई पूर्वाधारको विकासमा जोड दिदै जनताको घर घरमा सेवा पु¥याउने तथा बजारमा आफ्नो प्रभुत्व जमाउने किसिमको योजना बनाउन सुझाव दिएका छन् ।
यसका लागि आवश्यक नीति, योजना र कार्यक्रम निर्माणमा मन्त्रालयको संलग्नता रहिरहने प्रतिवद्धता पनि उनले जनाएका छन् ।
टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरको निरीक्षण भ्रमण गर्ने क्रममा मन्त्री बाँस्कोटाले कम्पनीमा क्रियाशील युनियनहरुलाई अधिकार खोज्नेमात्र नभई कर्तव्यको पनि पालना गर्नुपर्ने कुरा स्मरण पनि गराए ।
सञ्चारमन्त्री बाँस्कोटाले हालै झापाको खुदुनावारीमा जडान गरिएको टेलिकमको एमसान एक्सचेन्जको पनि उद्घाटन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्