Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


‘पाँच वर्षभित्र रौतहटलाई कच्चीसडकमुक्त गराइने’


0
Shares

शुक्रबार गृहजिल्ला रौतहटको बौधीमाई नगरपालिकाअन्तर्गत् इनरवाटोलमा आयोजित चुुनावीसभालाई सम्बोधन गर्नेक्रममा उनले पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्म एमालेको जनलहर चलेको बताए ।

उनले विपक्षीले एमालेलाई मधेसविरोधी भनेर गलत भ्रम फैलाएकाले त्यस्ता भ्रममा नपरेर स्थानीय निर्वाचनमा पार्टीका सबै उम्मेदवारलाई जिताउन आग्रह गरे ।

‘मधेसीमूलका डा. रामवरण यादवलाई नेपालको पहिलो राष्ट्रपति बनाउन समर्थन गर्ने, मधेसीमूलका दलित रामप्रीत पासवानलाई उपसभामुख बनाउने पार्टी कसरी मधेसविरोधी हुुन्छ ?’ नेता नेपालको प्रश्न थियो ।

मधेसको विकासका लागि काम गर्दै जाँदा केन्द्रबाट अर्बौं लगानी गर्न एमालेको सरकार तयार रहेको बताउँदै नेता नेपालले विकासको रकम ‘फ्रिज’ नगराउन र भ्रष्टाचारबाट जोगिन कार्यकर्तालाई सचेत गराए ।

आगामी पाँच वर्षभित्र रौतहटलाई कच्चीसडकमुक्त गराइने उनको भनाइ थियो ।

आफू प्रधानमन्त्री हुुँदा सदरमुुकाम गौरमा नर्सिङ क्याम्पसको स्थापना गराएकाले सयौं गरिबका छोरीहरु नर्सिङको पढाइ सकेर रोजगारी पाउने भएको उनले बताए ।

यसअघि, शुक्रबारै नेता नेपालले झुुनखुुन्वा, हजमिनिया, बलुुआ र बैरियामा पार्टीद्वारा आयोजित चुुनावीसभालाई सम्बोधन गरेका थिए । रासस