Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


सुनको मूल्यमा ३०० ले वृद्धि


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर तोलाको ५७ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले नै घटेर तोलाको ५६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँले वृद्धि आएर तोलाको ७८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

शुक्रबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १३ सय २८ डलर हाराहारीमा कारोबार भएको थियो ।