Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


‘आतंकवादी क्रियाकलापमा वित्तीय लगानी हुनै दिन हुँदैन’


0
Shares

नेपाल चेम्बर अफ कमर्सअन्तर्गत्को युवाहरुको समिति नेपाल युथ चेम्बरले शुक्रबार राजधानीमा गरेको यससम्बन्धी छलफलमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले उक्त जोड दिँदै यस विषयमा जनस्तरमै जनचेतना आवश्यक भएको पनि बताए ।

अध्यक्ष श्रेष्ठले आतंकवादी क्रियाकलापमा वित्तीय लगानी कुनैपनि हालतमा हुनै दिन नहुनेमा जोड दिए ।

सम्पति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले सबैको सामूहिक प्रयासबाटमात्र यो कार्य सफल हुने बताए ।

नेपाल राष्ट्र बैंक वित्तीय जानकारी एकाइका निर्देशक रामु पौडेलले अन्तर्राष्ट्रिय मूल्य–मान्यतामा आधारित रहेर आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्नुपर्ने बताए ।

विभागले सुन–चाँदी कारोबारमा पनि केवाइसी फारम लागू गर्ने तयारी गरेको जनाएको छ ।