Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


‘नेपाल यार्न एन्ड टेक्सटाइल एक्स्पो’ सुरु


0
Shares

नेपाल धागो उद्योग संघले नेपाली धागोले उत्पादित सामग्रीको उत्थानका लागि ‘नेपाल यार्न एन्ड टेक्सटाइल एक्स्पो’ आयोजना गरेको हो ।

शुक्रबार एक कार्यक्रम गरी मेलाको उद्घाटन गरिएको हो ।

प्रदर्शनीमा नेपालमा उत्पादित उत्पादनहरु राखिएको र यी सस्तो र गुणस्तरीय रहेको संघका अध्यक्ष पवन गोल्यानले बताए ।

प्रदर्शनीमा स्वीटर, सल, ढाकाका कपडा, टोपी दौरा–सुरुवाललगायतका सामग्रीका ४५ स्टलहरु राखिएको छ ।

नेपालको सुनसरी, बारा, बुटवल र सिमरा क्षेत्रको उत्पादन उल्लेख्य मात्रामा रहेको आयोजकले जनाएको छ ।

प्रदर्शनीको करिब ५० हजारले अवलोकन गर्ने अपेक्षा संघको छ । प्रदर्शनी असोज ३ गतेसम्म चल्नेछ ।